कास्की ३ मा एमालेको अग्रता
पाेखरा | मंसिर ६, २०७९
तस्बिर फाइल
पोखराः कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिनुभएको हो ।
उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याउनुभएको छ ।
यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराल(जीवन)ले चार हजार आठ सय ३८ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याउनुभएको छ ।
यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ आठ हजार सात सय ४६ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई पाँच हजार तीन सय ९९ मतसहित दुर्गादत्त भण्डारीले पछ्याउनुभएको छ । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार एक सय ४७ र हाम्रो नेपाली पार्टीका खीमप्रसाद तिमिल्सिनाले दुई हजार एक सय २५ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म २० हजार आठ सय ६२ मतगणना भएकोमा आठ सय मत बदर भएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

